काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको चौथो केन्द्रीय कमिटी बैठकको अध्यक्षता ग्रहण गर्ने क्रममा पार्टी पार्टीजस्तो नभएको गुनासो व्यक्त गरेका छन् । साथै प्रचण्डले पार्टी निर्माणको विषयमा जिम्मेवार भएर लाग्न सबै कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
उनले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्री दाहालले बैठकले सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकताको नयाँ प्रक्रियामा जाँदैछौं, बैठकले पार्टी र आन्दोलनलाई मात्रै नभइ सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्नेछ र ऐतिहासिक निष्कर्ष निकालने बताएका छन् ।
पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ तर पार्टी पार्टीजस्तो भइराखेको छैन उनले भने । कम्युनिष्ट पार्टीको पुनः निर्माण अभियान यो बैठकबाट थालनुछ । केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गरेको बताएका छन् ।
उनले पछिल्लो समय पार्टीको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा र भरोसा पलाएको दावी गरे। ुजनतामा उत्पन्न आशा र भरोसाको स्थिति छ । यसलाई संगठनमा रुपान्तरण गर्ने र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन अभियान बदल्ने जिम्मेवारी बढेको दाहालले बताएका छन् ।


0 comment