काठमाडौं – धनगढीमा जुवा खेलीरहेको अवस्थामा होटल सञ्चालक सहितका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा, डोटीको पूर्वीचौकी गाउँपालिका २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला, पूर्वीचौकी गाउँपालिका ५ का वडाध्यक्ष खड्क साउँद, एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का, माओदावी केन्द्र्का प्रदेश कमिटी सदस्य धनबहादुर विष्ट, पूर्वीचौकी गाउँपालिका ७ का नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य कुवेर खड्का, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी सुजित खड्का, शिक्षक पुरनबहादुर खड्का र डोटीकै अन्य तीन जना कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको फोटो सार्वजनिक भएपछि पहिचान खुलेको हो ।
कलेल होटलमा जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र तासको गड्डीसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका विरुद्ध आज बुधबार मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बडाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

0 comment