काठमाडौं – तनहुँको व्यास नगरपालिकामा घरायसी विवाद हुँदा एक श्रीमान्ले भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन् । 

गए राति ११ बजे व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको भरुवा बन्दुकले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।  

भरुवा बन्दुकले हानेर घाइते भएकी गीता आलेको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् । 

मृतक आलेका श्रीमानलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।