काठमाडौं – मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान मोरङ ग्रामथान गाउँपालिका–७ मा रहेको बैंकमा कार्यरत वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, माझी बैंकको माथिल्लो तल्लाको सिढीमा सुतिरहेको अवस्थामा मृत फेला परेको हुन् । प्रहरीले यसबारे घटनाको थप अनुसन्धान भई रहेको जानकारी दिएको छ ।

0 comment