काठमाडौं – कालीमा हामफालेका टोपीलाललाई अझैसम्म प्रहरी र स्थानीयबासीले फेला पार्न सकेका छैनन् । कालीगण्डकी गाउँपालिका २ कोटाकोटबेशी बस्ने ५८ वर्षीय टोपीलाल राना पुलबाट हामफाली वेपत्ता भएका छन् । 

मंगलबार बिहान करिब साढे ५ बजे स्याङ्जा—गुल्मी जोड्ने मोटरेवल पुलबाट कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिएका छन् ।

रानाले पुलबाट हामफले लगत्तै स्थानीयबासीले प्रहरीलाई खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगी कालीगण्डकी नदी वरपर उनको खोजतलास जारी भई रहेको प्रहरीले जानकारी दिएको छ ।