शास्तदत्त पन्त, काठमाडौं – नेपालसँग सीमा जोडिएका छिमेकी देशमा सिक्किम, तिब्बत (चीन), कश्मिर, भारत र बङ्गाल थिए । क्रमशः ती घट्दै गएर आज दुई देश चीन र भारतमात्र छन् । यो प्रायः भारत स्वतन्त्र भएपछि भएको हो । समानताको कुरा गर्दा नेपाल र भारत दुबैको मुद्रालाई रुपैया भनिन्छ । नेपाल र भारतको सभ्यता एउटै हो, बैदिक हो । धर्म एउटै हो तर भारतीयले “रिलिजन” शब्दलाई अनुबाद गरेर धर्मलाई सम्प्रदायमा परिणत गरिदिएका छन्, नेपालीलाई समेत भ्रममा पारिदिएका छन् । धर्म साश्वत सत्य हो, अपरिवर्तनीय हो, भनेर मान्दामान्दै इण्डियाका कारण मजहबका रुपमा बनाइएको छ । धर्म सबै मजहबको पनि धर्म हो, प्राणिमात्रको विश्वको साझा हो । भारतले बेदलाई कुरान र बाइबलको सरह राखिदिए । जब कि धर्म साझा हो, पञ्चतत्वको हो, प्राणीमात्रको साझा हो । अपरिवर्तनीय हो । त्यसलाई अवव्याख्या गरेर धर्मलाई मजहब सरह राखेर भारतले संविधानमा धर्मनिरपेक्ष भनेर महाभूल गरेको छ । सम्प्रदाय निरपेक्ष भनिदिएको भएसम्म हुने थियो । इण्डियाले २०७२ सालमा आएर नेपाललाई पनि धर्म निरपेक्ष बनाइदियो । सूर्यलाई हत्केलालृ छेकिदियो ।
नेपालको प्रतिव्यक्ति आय १२०० डलर छ भने भारतको १९४७.४२ डलर छ । नेपालको क्षेत्रफल १,४७,१८१ बर्ष कि.मी. र जनसंख्या २,९१,९२,४८० छ । क्षेत्रफलका हिसाबले नेपाल विश्वका २३२ मुलुकमा माथिबाट ९३ औं स्थानमा छ । जनसंख्याको हिसाबले पनि माथिबाट ४८ औं स्थानमा छ । यहाँ ९६.४ प्रतिशत ॐकार परिवारका बैदिक सनातनी (धर्म) छन् । ३.४ प्रतिशत मुसलमानले पनि हिन्दु अधिराज्य चाहन्छन् । संयुक्त भारतको क्षेत्रफल ३२,८७, २५९ बर्ग कि.मि छ र जनसंख्या १,३५,२६,४२,२८० (२०१८) छ । नेपाल ठिक्कको मुलुक हो भने भारत थोरै अछन्याइलो देश हो ।
नेपाल र भारतको भाषा र संस्कृति एउटै हो । भारतले मेकाउलेको पद्धति अपनाएर बाध्यात्मक रुपमा अङ्ग्रेजीलाई देशको कामकाजी भाषा बनायो तर स्वतन्त्र भएपछि पनि (आजसम्म) संस्कृत बनाउन सकेन, नत संस्कृतका छोरी भाषाहरु (हिन्दी, नेपाली, बङ्गाली, मैथिली, भोजपुरी आदि) लाई बनाइराख्न सफल भयो । तर नेपालले मुलुकको कामकाजी भाषा नेपालीलाई बनाइ राखेकोछ ।
नेपाल–भारत बीच अन्तरहरु पनि छन् । नेपाल हिमबतखण्डको भू–भाग हो भने भारत भरतखण्डकको भू–भाग हो । कुनै बेला यी दुई देशबीच टिट्याथस नाम गरेको सागर थियो । आजको भारत “इन्डिया” को प्रतिरुप हो, बेलायतको उत्तराधिकारी हो । भारत मुसाई र इसाईले १३१८ बर्षसम्म लदान गरेको, दास बनाएको देश हो भने नेपाल सदासर्वदा स्वतन्त्र सार्वभौम मुलुक हो । भारतले स्वतन्त्रता दिवस मनाउँछ भने नेपालले मनाउँदैन, यो सदासर्वदा वेद पुराणको कालदेखि, सत्य युगदेखि स्वतन्त्र, सार्वभौम रहि आएको देश हो ।
नेपाली सेनाको रणकौशल र बीरता भारतको भन्दा उँचो छ । नेपालको सेना विश्वभर गोर्खा सेनाका नामले प्रसिद्ध छ । पृथ्वीनारायण शाह मुलतः गोर्खाका राजा भएकाले अङ्ग्रेजले त्यो नाम रुचाएका हुन् । त्यसैले भारत, बेलायत, हङकङ, मलेसिया आदि देशमा गोर्खा सेना भनिन्छ । तर नेपालमा शाही नेपाली सेना भनिन्छ । गोर्खा सेना भरपर्दो, विश्वासिलो, बहादुर र नीति–चरित्रवान्, नैतिक र इमान्दार आदि सबै वैदिक गुण र संस्कारले भरपुर छ । विश्वमा उच्च नाम कमाएको छ । संयुक्त राष्ट्रसंघमा उच्चतम् रुपमा सेवा दिइको छ । संसारलाई अपदस्त गरेर सूर्यास्त नहुने देश बनाउने बेलायती सेनाले नेपाली सेनालाई कहिल्यै हराउन सकेन, कहिल्यै कसैको उपनिबेश पनि भएन । यही कारण गोर्खा सेनालाई बेलायत र भारतले आदि देशमा छन् । विश्वमा शान्ति भङ्ग भएको ठाउँमा गएर शन्तिकायम गरिरहेका छन् । अब नेपाली सेनालाई विदेशी रजिमेन्टहरुमा राख्न निषेध गरेर नेपाल र “युएन” मा मात्र सीमित गर्नु उचित हुनेछ । गोर्खाली सेना बलिया हुनुमा राजा र जनताको एैक्यबद्धता रहिरहनु मुख्य कारण हो । त्यसलाई गोर्खाली ट्रेडनेम बनाउनु उचित हुनेछ ।



0 comment