काठमाडौं – रुकुममा पहिरोमा पुरिदां २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । प्रहरीका अनुसार हिजो आइतवार दिउँसो बाँफिकोट ७ को बाँसथलामा घारीखोलाभन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै तीन जना खसेको प्रहरीले जनाएको छ ।
यसरी मृत्यु हुनेमा बाफिकोट–७ निवासी ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तैगरी पहिरोमा परेर ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन् । खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।


0 comment