काठमाडौं – दाङ्गमा १७ केजी बन्यजन्तुको सुकुटीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय मनोज थापा मगर, सोही ठाउँका ३१ वर्षिय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ का नुर बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले दिएको जानकारी अनुसार, लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र निज संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल कुईरेपानीमा रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलको सुकुटी प्रहरीले बरामद गरेको हो । 

प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको र यसबारे थप अनुशन्धान भईरहेको गौतमले जानकारी दिएका छन ।