शमशेर क्षेत्री, सिन्धुपाल्चोक – सुनकोसी र इन्द्रावती नदिबाट २०८०/०४/१४ गते राति ११ः५५ बजे तिर सिन्धुपाल्चोक र काभ्रे सिमाना नजिकै बनदेउ मुनि अबैधानिक तरिकाले ४ वटा स्कुभेटर लगाएर सिन्धुपाल्चोक र काभ्रे वरिपरिबाट नै गिट्टी र बालुवा निकाल्ने काम भैरहेको छ ।  दोललघाट प्रहरी चौकी देखी ५०० मिटर मात्र दुरिमा रहेकोछ । बनदेउ सशस्त्र प्रहरी बल र जनपद प्रहरी चौकी ३०० मिटरको दुरिमा रहेको छ । बनदेउ सशस्त्र प्रहरी भवनबाट यसरी राता रात खोला दोहन गरिएको राम्रो सँग देखिन्छ तर सशस्त्र प्रहरी बल, देखे पनि नदेखे जस्तो गरेर बसेको छ । कतै सशस्त्रको  पनि मिलेमतो त छैन ?

काभ्रे भुल्लु गाउँपालिका ०९ खोला छेउमा गिट्टी बालुवा थुपारिएको देख्न सकिन्छ । रात परेसी नदिबाट अबैधानिक गिट्टी बालुवा निकाल्न प्रयोग हुने स्कुभेर पनि खोला छेउमा राखिएका हुन्छन् ।

सिन्धुपाल्चोक चौतारा सागाचोक गढी ११ छेउमा पर्ने भुभागबाट राता रात गिट्टी बालुवा निकालिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक काभ्रे किन मुकदर्शक भएर बसेको छ। जिल्लाको सिडियो साव किन मौन बस्नु भएको छ सिडियो सावको १ कलले नदि दोहन रोकिने थियो । सुनकोसी नदिको सुकुटे र बाह्रबिसे बिचबाट पनि गिट्टी बालुवा निकालेको राम्रो सँग देख्न सकिन्छ ।