शम्शेर क्षेत्री, सिन्धुपाल्चोक – धुलिखेल देखि खावा सम्मको अरनिको राजमार्गको ४ किलोमिटर मोटर बाटो धान रोप्न तयार गरिएको खेत जस्तै देखिन थालेको छ । काठमाडौबाट ३० किलोमिटर टाढा रहेको धुलिखेल खावा सडक खण्ड बेलैमा ठेकेदार पक्षले काम नगर्दा काभ्रे सिन्धुपाल्चोक दोलखा रामेछाप जाने यात्री र सवारी साघन जोखिम मलेरै यात्रा गर्न बाध्य छन् ।

केही बर्ष अधि मात्र कालोपत्रे गरिएको धुलिखेल–खावा सडक खण्ड धेरै समय लगाएर कालोपत्रे गरिएको थियोे । राज्यको करोड खर्च गरिएको यो रोडमा गरिएको पिच केही महिनामा नै बिग्रिएको हो । ४ किलोमिटर सडक पिच गर्नको लागी २०७९ साल जेठ २० गते  ठेक्केदार कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लि. सँग सम्झौता गरेको थियो । यो सडक २०८० साल चैत १९ गते भित्र सक्नु पर्ने छ तर ठेक्केदार पक्षले कछुवाको गतीमा काम गरेको कारण धेरै दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेको छन् ।

यो सडक काभ्रेका माननीय गोकुल बास्कोटा ज्युको घर जाने आँगन छेउकै बाटो हो भने यहि बाटो हुँदै रास्वपा माननीय सोभिता गौतम लगायत माननीयहरु मोहन बहादुर बस्नेत माधब सापकोटा, सरल सहयात्री पौडेल, मसिना खड्का अरु पनि सिन्धुपाल्चोक र दोलखा जिल्लाका धेरै नेता ज्युहरु यो अरनिको राजमार्ग हुँदै हिडनु हुन्छ तर खै उहाँहरुको आँखा नै जादैन ।

गौरी पार्वती निर्माण सेवा प्रालिको यो मात्र काम नगरेको हैनन सिन्धुपाल्चोक सुकुटे बाघभैरव सडक खण्ड ठेक्का पाएको ५–६ बर्ष भई सक्यो तर पनि काम सम्पन गर्न सकेको छैन। गरेको काम पनि नालाको भाग अग्लो र रोडको भाग होचो बनाएका छन्, कतिपए ठाउँमा त पिच गरेको पनि उप्किन थालेको छ ।