शमसेर क्षेत्री, सिन्धुपाल्चोक – काठमाडौ जिल्लासँगै जोडिएको सिन्धुपाल्चोक जिल्लामा वि.सं. २०२४ साल भन्दापछीबाट बलेफी जलबिद्युत सडक खण्ड खन्न शुरु गरिएको थियो तर अझै पनि कालोपत्रे हुन सकेको छैन । सिन्धुपाल्चोक बलेफी जलबिरेको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । कतै हिलो भएर हिड्नै नसकिने भएको छ भने कतै पहिरो झरेर बाटो साँघुरो भएको छ। बलेफी बजारबाट नौबिसेसम्मको बाटो धेरै जोखिम मोलेरै हिडनु पर्छ । यो बाटो सदरमुकाम चौतारा जाने बलेफीबाट १५ किलो मिटर टाढा पर्दछ ।

निबर्तमान प्रतिनिधी सभा सभामुख अग्नी सापकोटा र बर्तमान माओबादी पार्टीका सांसद माधव सापकोटा (सुबोध) को गाउँ जाने बाटो पनि यहि हो । केहि दिन अगाडी मात्र जङगारे आसपास पहिरो झर्दा जलबिरेबाट गाउँतिर जाने अरनिको बस र अन्य गाडीहरु चौतारा घुमेर काठमाडौ, काठमाडौ बाट चौतारा हुँदै जलबिरे जानू परेको थियो । यो बाटोले जुगल गा. पा. बलेफी गा. पा. चौतारा साँगाचोक गढी समेटिएको छ । बलेफीबाट जलबिरेसम्म १० किलोमिटर सडक बिभागको मातहतमा पर्छ । बलेफीबाट ४ किलोमिटर बाटो सुधार हुँदै छ तर भौगोलिक अवस्थामा अध्ययन नै नगरी जथाभावी भिर पखरा कटिङ्ग गर्दा झन् जोखिम भएको छ । कति खेर पहिरोमा परिएला भनेर डराई डराई हिडनु पर्ने बाध्यता नै छ । बाटो अबरुद्ध हुँदा घण्टौपछि मात्र बाटो बाटो खुल्ले यहाँका स्थानियहरुले बताए।




0 comment