काठमाडौं – लघुवित्तीय संस्थाहरुले दमन गरेको भन्दै संसद भवन घेर्न पुगेका लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति र नेपाल प्रहरीबिच प्रदर्शनका क्रममा झडप भएको छ ।

संघर्ष समितिले आफ्नो मागको सुनुवाई नगरेको भन्दै जुलुस सहित अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा झडपको स्थिति सृजना भएको हो । प्रदर्शनका क्रममा प्रहरीले १८ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीहरुले लघुवित्तका कारण आफुहरु पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । उनीहरुले आफ्ना माग पुरा नभए घर नफर्कने समेत बताएका छन् । यस अघि पनि लघुबित्त संस्थाले दमन गरेको भन्दै पिडितहरुले आफ्नो समस्या दर्साएको समाजिक संजालतिर जताततै देख्न पाईथ्यो । 

पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् ।