काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलाई जिम्मेवारीबाट हटाईएको छ । 

अर्थ मन्त्रालयले मंगलबार पोखरेलाई जिम्मेवारीबाट हटाउँदै सहसचिव टोकराज पाण्डेलाई भन्सार पठाएको छ। पाण्डे राष्ट्रिय किताबखानाका महानिर्देशक थिए। 

केही दिनअघि विमानस्थलबाट भन्सार पास भएर सय किलो बढी सुन बाहिरिएपछि विमानस्थलस्थित प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरू आलोचित भएका थिए। 

राजस्व अनुसन्धान विभागले त्रिअवि भन्सार कार्यालयका तीन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।