काठमाडौं– आज साँझ ४ बजे शपथ ग्रहण गराउने भनेको आफ्ना दुई संसदहरुलाई नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलाएको छ । 

सुदूरपश्चिम सरकारमा मन्त्रालयहरुको भागबन्दा नमिलेको भन्दै आफ् संसदहरुलाई फिर्ता बोलाएको हो । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्रीको लागी सिफारिस गरेको थियो । पार्टी भित्रको विवादको कारण हाललाई शपथ ग्रहणको लागि रोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आजै मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।