प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाएको भन्दै निर्बाचन आयोगले कार्बाही गर्ने भएको छ ।  

प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारले खर्च विवरण नबुझाएको भन्दै कार्बाही गर्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५÷१५ हजारका दरले ७ दिन भित्र जरिवाना तिर्न निर्देशन दिएको छ ।  

प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले भने खर्च विवरण बुझाएको आयोगले जनाएको छ ।

गगन थापा, सोविता गौतम, ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।

https://drive.google.com/file/d/1koUSDYyGmqxIwqHBljisUEwTJtW9rraf/view