ब्रहाण्डको उत्पत्ति कसरी भयो भन्ने बिषयमा स्पष्ट उत्तर अझैसम्म पनि बैज्ञानिकहरुले पाउन सकेका छैनन् । ब्रहाण्डको उत्पत्तिका सम्बन्धमा महाविष्फोटनको सिद्धान्त अर्थात् “बिग ब्याङग” अहिलेको अत्यन्तै प्रचलित सिद्धान्त हो । आजभन्दा १५ देखि २० अर्ब बर्ष पहिले महाविष्फोटनको सिद्धान्त अनुसार ब्रहाण्डको उत्पत्ति भएको मानिन्छ । महाविष्फोट हुनुअघि ब्रहाण्डको आकार “शून्य” थियो तर अत्यन्तै अकल्पनीय तातो । महाविष्फोटको एक सेकेण्डपछि त्यो तापक्रम १० अर्ब डिग्री सेल्सियसमा  झ¥यो । त्यतिखेर ब्रहाण्डमा पदार्थ थिएन, थिए त फोटोन, इलेक्ट्रोन र न्यूटिनोसहरु पछि प्रोटोन र न्यूट्रोन पैदा भए, ती दुई मिलेर ड्यूटेरियम पैदा भयो, जसबाट पछि हिलियम, लिथियम आदि बने । महाविष्फोटको केही घण्टापछि तत्वहरु बन्न बन्द भए तर ब्रहाण्ड द्रुत गतिले फैलिन थाल्यो । ब्रहाण्ड फैलिने क्रम अझै जारी छ । करौडौं बर्षको अन्तरालमा असङ्ख्य तारा मण्डल, ग्रह आदि बने । आकाशमा देखिने ताराहरु हेर्दै थाहा हुन्छ त्यो कति विशाल र अनन्त छ । 
महाविष्फोटन कसरी भयो भन्ने बिषयमा बैज्ञानिक फ्राइड होयलेको सिद्धान्त पनि निकै महत्वपूर्ण मानिन्छ । यस विषयमा उनले ब्रहाण्डीय पदार्थको “क्रिटिकल” घनत्वको अस्तिव बारे व्याख्या गरेका छन् । जुन ब्रहाण्डको वृद्धिको कारक हुन पनि सक्छ या नहुन पनि । उनले आफ्नो सिद्धान्तमा खुला ब्रम्हाण्डलाई विशेष जोड दिएका छन् । अर्थात् पदार्थको घनत्व क्रिटिकल घनत्वभन्दा कम हुँदा फौलने प्रक्रिया केही समय रोकिएर खुम्चन थाल्दछ यो खुम्चिएको ब्रहाण्डलाई साँघुरो ब्रम्हाण्ड भनिन्छ । अन्ततः यो प्रक्रिया बीग क्रञ्चमा गएर टुङ्गिन्छ र यो प्रक्रियाको अन्त्य भएपछि  मात्र महाविष्फोटन सुरु हुन्छ । यदि यो प्रक्रियामा पदार्थको घनत्व क्रिटिकल घनत्वसँग बराबर भयो भने ब्रहाण्डको वृद्धि निरन्तर भइनै रहन्छ तर यो प्रक्रिया अत्यन्त ढिलो हुन्छ । यस प्रकारको ब्रहाण्डलाई चेप्टो ब्रम्हाण्ड भनिन्छ र यही ब्रहाण्डमा नै हाम्रो अस्तित्व सफल भएको छ । 

ब्रहाण्ड उत्पत्तिका सन्दर्भमा पदार्थ, प्रतिपदार्थ सिद्धान्त पनि निकै प्रचलित छ ।  बैज्ञानिकहरु भन्छन्– ब्रहाण्डको उत्पत्तिका समयमा जुन महाविष्फोटन भएको थियो, त्यस विष्फोटन पछि पदार्थ र प्रतिपदार्थ एक आपसमा ठोक्किएका थिए । तर यस प्रक्रियामा एकले अर्कालाई पूर्णः नष्ट गरेनन् । यस्तो किन भयो ? महाविष्फोटन पछि निर्माण भएका प्रतिपदार्थको कुनै पनि कण अहिलेसम्म फेला पर्न सकेको छैन । बैज्ञानिकहरुका अनुसार ब्रहाण्ड निर्माण भएको समयमा पदार्थ निर्माणको गति प्रतिपदार्थ निर्माणको गति भन्दा बढी हुन पुग्यो । जब बराबर मात्रामा पदार्थ र प्रतिपदार्थ एक आपसमा ठक्कर खाए त्यस बेला दुबैका पदार्थहरु समान मात्रामा नष्ट भयो । ठक्कर पछि पदार्थहरु मात्र ब्रहाण्डमा रहन गए यसैले ब्रहाण्डका हरेक पिण्डहरु पदार्थहरु नै बनेको हामी पाउँछौ ।