काठमाडौं– सुदुरपश्चिम सरकारले नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री बनाउने भएको छ । रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्री मन्त्रीमा नियुक्त गर्ने भएको छ । नवनियुक्त मन्त्रिहरुलाई आज साँझ ४ बजे शपथ ग्रहण हुने जानकारी नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले दिए । नाउपाको सहभागीसँगै पाँच महिनापछि सुदूदपश्चिम सरकाले पुर्णता पाउन लागेको हो ।
गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ । सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ ।


0 comment