काठमाडौं - प्रहरीले विश्व खाद्य कार्यक्रमको नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई काठमाडौं जिल्ला बूढानीलकण्ठ-५ बस्ने ४० वर्षीय लिलाबहादुर भोलोन रहेका छन्। 

विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने घटनामा संलग्न भएका अन्य तीन जना मकवानपुरका भीम भोलोन, मिलन तामाङ र पेम्बा तामाङ फरार छन्। 

पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।