काठमाडौं - स्वास्थ्य मन्त्रालयले आज देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको छ ।
काठमाडौंका केहि औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत आफैँ निस्किएका थिए।
अनुगमनका क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधिसहित बेच्ने अनुमति नपाएका औषधीहरु पनि राखिएको भेटिएको छ । अनुगमनका क्रममा ललितपुरको एक औषधि पसललाई कारवाही समेत गरिएको छ ।
मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए। उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाउने भन्दै अनुगमन जारी रहने बताए।


0 comment