काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८र७९ मा नेपालबाट २ खर्ब रुपैयाँको निर्यात भएको थियो भने
 गतआर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा निर्यात खुम्चिएको हो । जुन, गत आर्थिक वर्षमा जम्मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो भने यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो ।

यस्तै, यस अवधिमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्बको आयात गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्बको आयात गरेको थियो । आयात समेत १६ प्रतिशतले खुम्चिएको छ ।

यसैगरी, नेपालको वैदेशिक व्यापार समेट घटेको छ । १६.५८ प्रतिशतले वैदेशिक व्यापार खुम्चिँदा गत आर्थिक वर्षमा जम्मा १७ खर्ब ६८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन, अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्बको वैदेशिक व्यापार भएको थियो ।