काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन् ।
उनीहरुले आफु प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको र अन्य प्रमुख नेताहरूसँग राम्रो चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुलेको छ । ना. ४ च ८६७० नम्बर को स्कारपियासमेत लिई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबिरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एंव कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ।


0 comment