काठमाडौं – बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।
यसरी मृत्य हुनेहरुमा, पुर्चौडी नगरपालिका– २ भैरु टोलकी २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरी रहेका छन् ।
पहिरोमा परी मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरीसहित सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा घाइते भएका छन् ।
मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।
पहिरोले गर्दा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन् ।

0 comment