काठमाडौं – जुम्लाका ७ घरमा आगो लगाउने शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जुम्लाको गुठीचौर गाउँपालिकाका विभिन्न ठाउँमा अज्ञात समूहले आगो लगाएको घटनामा शंकास्पद १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राति ११ बजे देखि १ बजे सम्मको समयमा ७ घरमा आगो लगाइएको आरोपमा शंकास्पद १० जनालाई नियन्त्रणमा लिएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिएका छन् । 

गुठीचौरका विभिन्न गाउँका गरी ७ वटा घरमा आगो लगाएर खरानी भएका थिए । यसैगरी धवलपुर गाउँमा २ वटा घरमा, बाउली गाउँमा १ वटा, ढुडाखोजमा १ वटा, माथिल्लो देहारजिबुरमा १ वटा, खल्ला वडामा २ वटा गरी ७ वटा घरमा आगो लागइएको प्रहरीले बताएको छ । 

आगो लगाइएको कुरा थाहा पाउने वित्तिकै जिल्लाबाट प्रहरीको टोली घटनास्थाल पुगेको थियो । प्रहरीले यस घटनाबारे थप अनुशन्धान भईरहेको पनि जनाएको छ ।