काठमाडौं – भारतको महाराष्ट्रमा गत बुधवार गएको पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ । 

भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि १ सय १५ जना बेपत्ता भएको महाराष्ट्र प्रदेशको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ ।

बीबीसीले दिएको जानकारी अनुसार राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोमा परी गाउँका ५० मध्ये १७ घर बगाएको छ । साथै महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई जनही पाँच लाख भारू दिने घोषणा गरेका छन् ।