काठमाडौं – भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाने भएका छन् । भारतीय जन्ता पार्टीको निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जान लागेका हुन् ।
पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन् । टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।


0 comment