काठमाडौं – नेपाल–भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ । 

नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको प्रहरीले जानकारी दिएको छ । 

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई शनिबारराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको धनुषा प्रहरीले जानकारी दिएको छ । हत्या भएकाी महिलाको पहिचान भने खुल्न सकेको  छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ । 

भारतीय भूमिमा घटना भएकाले नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी यस घटनाको थप अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताएका छन् ।