काठमाडौं - सुनसरीको इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति इटहरी उपमहानगरपालिकाको कान्छी चोकमा चारजना सवार को २९ प ३७१२ नम्बरको मोटरसाइकल भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इटहरी १६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेका छन्।
गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो। अर्का घाइते २७ वर्षीय प्रेमलालको प्रतिष्ठानमा उपचार भईरहेको छ।
चारजना सवार मोटरसाइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनाको थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको र मृतकको शव पोष्टमार्टम गरि परिवारलाई बुझाइने बताईएको छ।

0 comment