काठमाडौं – लागुऔषध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ३० वर्षीय सुरेश नेपाली र वडा नम्बर ६ भर्सुवा टोलका ३० वर्षीय सन्तोष विष्ट रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला अदालत कञ्चनपुरको मिति २०७८ चैत २३ गतेको फैसलाले लागुऔषध मुद्धामा जनही ५ हजार जरिवाना र ४ वर्ष ९ महिना १३ दिन कैद तोकी फरार रहदै आएका दुबै प्रतिवादीलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेर अदालतमा पेस गरेको छ ।