काठमाडौं – गए राति चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा, सुनछहरी गाउँपालिका वडा नम्बर ३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

उनी आफ्नो कान्छो भाइको घरमा सुतीरहेको बेला चट्याङ लागेर मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिएका छन् । साथै

चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उनले बताएका छन् ।