काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम आएको बताएका छन् । बस्नेतले सुन तस्करीमा गृहमन्त्रीको नाम आएकाले राजीनामा माग्नुपर्ने बताएका हुन् । ’ठूलो–ठूलो कुरा गर्नु हुन्थ्यो, गृहमन्त्री

नारायणकाजी । आज उहाँको नाम आएको छ, यस विषयमा राजीनामा माग्न जाऔं । को–को मान्छे सुन तस्करीमा छन् ? छानविन गर्ने कि नगर्ने? यस विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ? बस्नेतले प्रश्न गरे । 

साथै बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली  र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम आएको पनी बताएका छन् । सुन प्रकरणको सत्यतथ्य छानविन गरी छिटो भन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।