काठमाडौं – त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन जोख्नका लागि थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगीएको छ । 

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास गरेर सिनामंगल पुग्न लागेको अवैध सुन  बरामद भएको थियो । बुधबार चेकजाँचबाट पुष्टि भएपछि मात्र सार्वजनिक गरिएको थियो । सुनको परिमाण एकीन गर्न टक्सार विभाग पठाइएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १०० किलो सुन बरामद प्रकरणमा विभागले हालसम्म एक भारतीय नागरिकसहित छजनालाई पक्राउ गरेको छ ।  सोही प्रकरणमा व्यवसायी दीपक मल्होत्राको नाम पनि मुछिएको छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले आफ्नो कुनैपनी संलग्नता नभएको बताएका छन् । व्यवसायी दीपक मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनी बताएका छन् ।

विभागको टोलीले भन्सार कार्यालयको गेट अगाडिबाट सुन बरामद गरेको थियो । जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्न समिति समेत गठन गरिएको छ ।