सिन्धुपाल्चोक - जिल्लाको बलेफि गाउँपालिका-०७ को वडा कार्यालय खाडीचौरमा राखिएको नेपाली राष्ट्रिय झण्डा च्यात्तिएको अवस्थामा छ । 

झण्डा च्यात्तिएको ३ महिना बितिसक्दा पनि झन्डा फेर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन । यसरी अरनिको राजमार्गको खाडीचौर बजारस्थित वडा कार्यालयमा झण्डाको अप्मान भईरहेको छ । 

हाम्रा जनप्रतिनिधिले राष्ट्र र राष्ट्रियताका बारेमा पनि ध्यान दिन जरुरी छ । जुन झण्डाले नेपाली भनेर चिनाएको छ, त्यहि झण्डा च्यात्तिएको अवस्थामा छ । राष्ट्रको माया छ भने तुरुन्त झण्डा फेरि हाल्न वडा अध्यक्ष ज्यु समक्ष हाम्रो अनुरोध छ।

यसअघी बलेफी गाउँपालिका कार्यालय र बलेफी ३ वडा कार्यालयमा विशाल नेपालका संवाददाता शमशेर क्षेत्रीले नेपाली राष्ट्रिय झण्डा हालिदिएका थिए ।