काठमाडौं - प्रहरीले ७० केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो १ बजे चितवनको राप्ती नगरपालिकाको लोथरमा खैरहनी पर्साबाट पूर्व जाँदै गरेको MH4 8AY 4709 भारतीय नम्बरको ग्यास बुलेटको सिटमुनी र टुलबक्समा लुकाईराखिएको (११ पोका) अन्दाजी ७० केजी गाँजासहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले गाँजासहित बुलेट चालक भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवान र  मकवानपुर मनहरी गाउँपालिका ७ का ४५ वर्षीय राजु वाईवालाई नियन्त्रणमा लिएको जनाएको छ ।