काठमाडौं - नेपालको राहदानी विश्वकै कमजोर राहदानीको सूचीमा परेको छ।
द हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूचीमा १०३ देशमध्ये नेपाल ९८ औँ स्थानमा परेको हो। सूचीमा सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान नेपालभन्दा पछाडि छन् भने उत्तर कोरिया, बंगलादेश, श्रीलंका, लिविया लगातयका देश नेपालभन्दा अगाडी छन्।
१९२ देशमा भिसाको लागी निवेदन नदिईकनै यात्रा गर्न पाउने राहदानी भएको सिंगापुर विश्वकै शक्तिशाली राहदानीको सूचीमा नम्बर १ मा छ भने १९० देशमा विना भिसा यात्राको पहुँच रहेको जर्मनी, इटाली र स्पेन दोस्रो स्थानमा छन् । १८९ देशमा विना भिसा यात्राको पहुँच रहेको अष्ट्रिया, फिनल्यान्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन तेस्रो स्थानमा छन्।
नेपाली पास्पोर्ट वाहकले ३८ देशमा मात्रै विना पुर्व भिसा यात्रा गर्न पाउँछन् ।

0 comment