काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंमा अपराधका घटनाहरू बढेको बताएको छ । 

प्रहरी परिसरले आज पत्रकार सम्मेलन मार्फत आग्नो आर्थिक बर्ष २०७९/८० को बार्षिक समिक्षा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरू बढेको जनाएको हो।

२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनु भयो । 

परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएको कार्कीले बताउनु भयो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरीमध्ये ६ सय ४१ को मात्रै फर्छ्यौट भएको छ। कार्कीले अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरू पनि पछिल्लो समय बढ्दै गएको बताउनु भयो ।

काठमाडौं जिल्लामा देखिएका अपराधका चुनौतीहरूलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताउनु भयो । कार्कीले नाकामा प्रविधियुक्त प्रणाली जडान गरी अपराध नियन्त्रणतर्फ ध्यान दिने र नगन्य रुपमा गुण्डागर्दि देखा परेको र त्यसलाइ पनि नियन्त्रण हुने प्रमुख कार्कीले बताउनु भयो बताउनु भयो । 

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरू हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तबरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडौं निर्माणको अवधारणालाई मूर्तरुप प्रदान गर्ने कार्कीले बताउनु भयो ।