काठमाडौं – सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका एक मजदुरको शव एक महिनापछि फेला परेको छ । 

यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए। बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुरहरु पनी रहेका थिए । 

सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएको जानकारी अनुसार, बाढीमा परेर बेपत्ता भएको एक महिनापछि आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको बताईएको छ । 

बेपत्ता भएकाहरुको खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाउदै आएकोे छ । पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन । प्रहरीले बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको जनाएको छ । 

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानहरुका भौतिक संरचनाहरु क्षति भएको छन् । बाढीले तीनवटा पक्की पुलमा क्षति पु¥याउदा करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ । यसैगरी, बाढीले २० घरपरिवारहरु विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ ।