काठमाडौं – डोटीकी एक महिलाको भारतमा घाटी रेटेर हत्या गरीएको छ । उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

यसरी हत्या हुनेमा, जिल्लाको शिखर नगरपालिका सुर्काल घर भई हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको रहेको प्रहरी जानकारी दिएको छ । 
उनी श्रीमान् अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बस्दै आईरहेकी थिईन । घटनाको रात उनका श्रीमान आफुले काम गर्ने होटलमा रहेको उनका आफन्तले जनाएका छन् । 

उनका अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।  

प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन् ।