काठमाडौं – कैलाली कारागार भित्र जुवा, “ड्रग्स” देखि रक्सी सम्मको कारोवार हुने गरेको पाईएको छ ।  

कारागार स्रोतका अनुसार कैद भुक्तान गरिरहेका भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्तहरूसहितको समूहले कारागारभित्रै यस्तो अवैध कारोबार र गुन्डागर्दी गर्ने गरेको खुलेको छ ।

स्रोतका अनुसार, कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन् । नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा ती मोबाइल भित्र छिराइएको पनि बताइन्छ।

साथै कारागारभित्र १०० रुपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि १० हजारसम्म र एक खिल्ली गाँजा १०० रुपैयाँ तिरेर पाउने गरेको छ । 

प्राप्त एक भिडियोअनुसार कारागारभित्रै लागुऔषध खैरो हिरोइनको कारोबार हुने गरेको देखिन्छ । जस्ले गर्दा उक्त अवैध कारोबार नियन्त्रणमा जेलर असफल भएको पाईएको छ ।