काठमाडौं – जनमत पार्टीका सांसद् डा.सीके राउतले अहिलेको बजेटे ल्याएको होकी लुटेको भनेर सरकारलाई प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै राउतले बजेट बनाउँदा शीर्ष राजनीतिक दलका नेतृत्वकर्ता र मन्त्रीहरूको जिल्लामा मात्र बजेट थुप्रिएको बताएका हुन् ।
रावतले भने, बजेट ल्याएको हो कि बजेट लुटेको हो स्पष्ट नदेखिएको बताएका छन् । राउतले बजेट बनाएको होइन, ल्याएको होइन, बजेट देख्दा लुटेको जस्तो देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी राखेको छ । वैशाखमा बारामा मतपेटिका लुटे अहिले जेठमा आएर बजेट लुट्ने काम भइरहेको छ ।
बजेट बनाउँदाखेरी निर्माणकर्ताको जिल्लामा बजेट थुप्रिएको छ । अधिकांश बजेट प्रधानमन्त्री, कांग्रेस पार्टी सभापति, अर्थमन्त्री र मन्त्रीको जिल्लामा थुप्रिएको बताएका हुन् । मधेश प्रदेशलाई देशभरको करिब साढे ४ प्रतिशत बजेट मात्रै छुट्याइएको बताए । राउतले भने, मधेश प्रदेशले जति राजस्व दिएको छ, त्यसको २० प्रतिशत बजेट पनि मधेशमा फिर्ता गएको छैन । मधेशमा औपनिवेशीक शासन लादिएको बताएका छन् ।
बजेटमाथि छलफल गर्नुको कुनै अर्थ नदेखिएको बताएका छन् । राउतले भने, बजेटमा एक महिना बहस हुँदा पनि कमा र फुलस्टप परिवर्तन हुँदैन । संसद् निरीह बनेको छ । छलफल गर्दा पनि केहि नहुने खालको अवस्था रहेकोछ । यो संसद् शीर्ष पार्टीका ७/८ जना प्रतिनिधि भएपनि चल्नेरैछ । किन भने यहाँ हुन्छ र हुन्न भन्ने बाहेक केहि हुँदैन । हाम्रा आवाजहरू कहिले समेटिदैनन् रावतले भने ।


0 comment