काठमाडौं - महाकाली नदीमा मोटरेबल पुल निर्माण गरिने भएको छ।

भारतसँग सुदूरपश्चिमका पहाडी जिल्ला जोड्न महाकालीमा दुईवटा पुल निर्माण हुन लागेको हो। 

भारतले बैतडीको झुलाघाट र डडेल्धुराको परीगाउँमा मोटरेबल पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। चाँडै ठेक्का प्रक्रिया थालनी गर्ने जनाईएको छ। 

पुल निर्माणको प्रक्रिया थालनी भएसँगै सर्वसाधारण हर्षित बनेका छन्। हालसम्म तुइन र डुगांको जोखिमपूर्ण यात्रा गरेर उनीहरू आवतजावत गर्दै आएका छन्। 

महाकाली नदीमा पुल बनाउन भारत सरकारले गरेको ठेक्का आह्वानले अब व्यापारिक प्रयोजनका साथै रोजगार र धार्मिक यात्राका लागि सहज हुने स्थानीयको विश्वास छ।