काठमाडौं - ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आफ्नै पर्यटन वेबसाईटको आफ्नै सुरुवात गरेको छ ।
आर्थिक बिकास, सुशासन र सदाचार, खुशी नागरिक, समृद्ध खिजिदेम्बा हाम्रो आधार मुल नारा सहित गाउँपालिकाको पर्यटन प्रवर्द्धन र प्रचार-प्रसार गर्ने हेतुले ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले राजधानीमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले बिदेशिको नभई आफ्नै नेपाली पर्यटनलाई बिकास गर्न जोड दिनुपर्ने बताउनु भयो ।
मन्त्री किराँतीले पशुपतीनाथ मन्दिरको ३१ रोपनी जग्गा आफुले खाएको भनेर लागेको आरोप गलत भएको र त्यस्तो कुरा सपनामा पनि सोच्न नसकिने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथीको रुपमा उपस्थित सांसद रामहरी खतिवडा र पुर्व सांसद यज्ञ सुनुवारले खिजीदेम्बा क्षेत्र पर्यटकिय तथा गल्फ खेलको लागि उपयुक्त गन्तव्यस्थल रहेकोले सरकारले उक्त स्थानलाई गल्फ र पर्यटन क्षेत्रको रुपमा बिकास गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा खिजीदेम्बा क्षेत्र गल्फ परिक्षण र पर्यटनसँग सम्बन्धित वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।


0 comment