काठमाडौं – म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमवार बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको छ भने यस्तैगरी घाईते हुनेमा कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभएको छ ।
घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको उहाले बताउनुभएको छ । म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा सोमवार दिउँसो ठूलो पानी परेको थियो ।


0 comment