– दीर्घराज प्रसाई

काठमाण्डौं –  नेपालका अमर सहिदहरुको जीवन गाथा हामी नेपालीहरुको पे्ररणाको स्रोत हुन् । राणा शासनको बिरोधमा प्रचण्ड गोर्खा स्थापना गरेकोको अभियोग लगाएर खड्गमान सिंहलाई जेलभित्र पिंजरामा राखिएको थियो । त्यसैबेला  विं.सं. १९९३ साल जेष्ठ २० मा ओमबहालमा राणा शासनको बिरुद्ध प्रजापरिषदको जन्म भयो । स्नातक गरेका शुक्रराज शास्त्रीले  ‘नागरिक अधिकार समिति’ मा संलग्न रहेर राणा शासन बिरोधी आन्दोलनमा संलग्न रहे बापत शुक्रराज शास्त्रीलाई प्रक्राउ गरियो । त्यसरी नैं धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ दशरथ चन्दलाई अनेकौं अभियोग लगाएर पक्राउ  गरी तीन महिनासम्म अमानवीय तरिकाले हरेक दिन कोर्रा हानेर त्यसपछि मृत्यू दण्डको सजाय दिएको थियो । तर रामहरि शर्मा र टंकप्रसाद आचार्य ब्राह्मण भएकाले चारपाटा मुडेर सर्वश्वसहित जन्मकैद गरिएको थियो ।

उहाँहरुसँगै राणा शासन बिरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चुडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चीनियालाल, पं. मुरलीधरहरु जन्मकैद  भए । सर्वश्वहरण तथा जन्म कैद भएका योद्धाहरु पछि २००७ सालको क्रान्तिपछि जेलमुक्त भएका थिए । त्यहीबेला जेलमा परेका चीनियालाल सिंहले राणा बिरोधी महावीर स्कूल खोलेको थियो भन्ने अभियोगमा जेलभित्रै मृत्यू भएको थियो । बलबहादुर पाण्डे जेलभित्रै मरे । माघ ९ गते राती शुक्रराज शास्त्रीलाई पचलीको एक रुखमा झण्डाइयो । माघ ११ गते धर्मभक्त माथेमालाई सिफलको एक रुखमा साहै दुःख दिएर झुण्डयाइयो । एकपटक पासो चुडाएर जमीनमा खसेपनि फेरि क्रुर राणाहरुले फेरि त्यहीं झुण्डयाए । जवकि झुण्डायर मार्न लागेकोमा उसले पासो छिनाएरु भूँइमा खस्यो भने उसलाई फेरि झुण्डाएर मार्नु हिन्दु शास्त्र अनुसार महापाप मानिन्छ । दशरथचन्द र गंगालाललाई शोभाभगवतीपूर्व बिष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । सहिदहरुको लाशलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शन समेत गरियोे । 

गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागे । सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथितहरु जस्ता कैर्यौ जेलभित्रै कोचिए । सिद्धिचरण श्रेष्ठ कविता लेखे– ‘बिखालु किट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौं के किरालाई ?’ बीपी कोइराला, मात्रृकाप्रसाद कोइराला लगायत धेरै प्रजातान्त्रिक योद्धाहरु प्रवासमा नैंं राणा शासनको बिरद्ध कार्यक्रम जारी राखिरहे । २००३ मा विराटनगरमा मजदूर हडतालले  महत्वपूर्ण स्थान प्राप्त ग¥यो । २००४ को अन्त्यमा नेपाल राष्ट्रिय कांग्रेस अवैध घोषित गरियो । यस्ता अनेको संघर्ष र जनअभियानलाई सहितहरुबाट पे्ररित गराएकोले प्रजातान्त्रिक क्रान्तिले मूर्तरुप लियो । राजा त्रिभूवनबाट जहानीया राणा शासनको विरुद्धमा २००७ सालमा श्रीपेजलाई दाउमा पारेर, देशभित्र प्रजातन्त्र ल्याउन, जनतासँग मिलेर नारायणहिटी नछोडेका भए अमर शहीदहरु– शुक्रराज शास्त्री, धर्मभत्त माथेमा, दशरथचन्द, गंगालाल श्रेष्ठको सपना राणाहरुले शाकार बन्न दिन थिएनन् । सहिदहरुको कुर्वानीलाई राणहरुले दबाउँथे । अमर सहिदहरुको प्रजातन्त्रप्रतिको समर्पणको कारणले राजा त्रिभुवन र प्रजातन्त्रवादी नेपालीहरुले आफू र नेपाली जनतालाई बन्दनबाट मुक्त गराउदै राणाहरुलाई चुनौति दिएर प्रजातन्त्र स्थापित गराउन सजिलो हुन गयो । चारजना अमर सहिदहरुलाई भुण्डाएर र गोली ठोकेर मारेपछि राजा त्रिभूवनबाट राणा शासन बिरद्ध शसक्त भएर लाग्नु भनेको प्रजातन्त्रको लागि त्योबेलाको राजाको बलियो नेतृत्वको कारण थियो । राजा त्रिभूवन सहिदहरुका प्रणेता भएकाले उनको सक्रियबाट नैं त्यत्ति छिटै प्रजातन्त्र प्राप्त गर्न सकेका हो । अमर सहिदहरु व्ैधानिक राजतन्त्रका पक्षपाती थिए । 

नेपालको एकीकरणमा वलीदान दिनेहरु सपुत हुन् भने प्रजातन्त्रको लागि वलीदान दिनेहरु सहिद हुन् । तर नेपालका पहिचान, राष्ट्रिय एकता दिवस नमनाउने, राष्ट्र निर्माता पृथ्वीनारायण शाह लगायन देशभक्तहरुको शालीक भत्काएर माओवादीहरुले अराष्ट्रिय कार्य गरेर निन्दनीय बने ।  २०६२।६३को आन्दोलन भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’को प्रायोजन र सक्रियतामा भएको थियो । त्यो आन्दोलनको मुख्य लक्ष थियो नेपालको सार्वभौमसत्ता कमजोर बनाएर भारतको कब्जामा राख्ने । त्यसैले माओवादीलाई भारतमा नैं सुरक्षाकासाथ तालीम दिएर राखिएको थियो । भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्नो भरिया बनाएका माओवादीहरुसँग मिलेर जनआन्दोलनमा सरिक हुने कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका माधव नेपालहरु पनि राष्ट्रघातमा सामेल भए । कांग्रेस र एमालेका नेताहरु भन्छन् ’माओवादी बिद्रोहीहरुलाई मूलधारमा ल्याउन उनीहरुसँग मिलेर १२ बुँदे संझौतामा हस्ताक्षर गरेको हो’ । तर यो सोहैआना झूठो हो । कांग्रेस र एमालेका नेताहरुको यो सिधै राष्ट्रघाती कुरा हो । यिनीहरुले पद र पैसाको लागि भारतीय कांग्रेसको इशारामा माओवादीसँग उनीहरुले नेपालको अस्मिता माथि खेलवाड गरे । भारतीय गुप्तचर संस्था र माओवादीले जे जे भन्छन् कांग्रेस र एमालेका नेताहरुले त्यही त्यही गरे । २०६३ सालको जनआन्दोलनमा कांग्रेस र एमालेको केही योगदान छैन । उनीहरु सबै माओवादीका भरिया बनेर माओवादीहरुले चाहे अनुसार नेपाललाई भौडीमा हाल्ने कुकर्म गरे । त्यसैले म सँधै भन्छु–‘१२ बुँदे सहमतिमा हस्ताक्षर गर्नेहरु देशद्रोही हुन् । यिनीहरुले जति नैं क्षमायाचना गरे पनि कहिले पनि यिनीहरु देशभक्त हुन सक्तैनन् । 

नेपाली कांग्रेस बहुमतमा रहेकोबेला प्रतिनिधिसभा विगटन गरेर आम निर्वाचन गराउन विगटन गराउन कांग्रेस, आम निर्वाचन गराउन नसक्ने भएर २०४७ सालको संविधानको धारा १२७ अनुसार राजालाई कार्यकारिणी अधिकार बुझाउने पनि कांग्रेस । राजालाई सत्तँ बुझाएपछि राजा ज्ञानेन्द्रलाई निरंकुश भन्ने पनि त्यही कांग्रेस । भारतीय गुप्तचर संस्थाको लगाई–फकार्इृमा माओवादीको पारामा लागेर कांग्रेस, एमालेका नेताहरुले २०४६ सालको जनआन्दोलनका उपलब्धिहरुलाई धोका दिएर राष्ट्रियताका संवेदनशील कुराहरु गुमाएकाले बितेको १३ बर्षदेखि कांग्रेस र एमाले पार्टीहरु अन्योलग्रस्त छन् । अहिले मुख देखाउने ठाउँ नपाएर एमाले र माओवादी पार्टी विस्थापित गरेर नेपाल कम्युनिष्ट पार्टी घोषित गरे पनि यिनीहरुको लाज छोपेर छोपिसक्नु छैन । त्योबेलाका माओवादी नेता बाबुराम भट्टराई, प्रचण्डहरु भारतीय गुप्तचर संस्थाको निर्देशन अनुसार २०६३ सालको जनआन्दोलनमा भिड्न तयार पारिएको जथ्था थियो भन्ने कुरा बुझेर पनि कांग्रेस र एमालेका नेताले २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । त्यहीबेलादेखि नेपालको राष्ट्रियता र संसदीय प्रजातन्त्र खतरनाक मोडमा पुगेको हो । भारतीय कांग्रेसकै इशारामा विश्वको यो हिन्दु अधिराज्य तथा राजसंस्थाको बिरुद्ध लागेर नेपाल जस्तो हिन्दुस्थल, बौद्धभूमिलाई धर्मनिरपेक्ष र गणतन्त्र लाध्न खोजेर ठूलो अपराध गरे जुन अहिलेसम्म पनि उनीहरुको होस खुलेको छैन ।  

वास्तवमा नेपालका कम्युनिष्टहरुको जन्म राष्ट्रियताबाट भएको थियो । २००७ सालको दिल्ली संझौताको बिरुद्ध उठेको साम्यवाद बिद्रोह थियो । यो तथ्यलाई नेपालका कम्युनिष्टहरुले बुझेनन् । तर २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर नेपालका कम्युनिष्टहरु राष्ट्रघाती बाटो लिएकाले २०६२ सालपछिका कम्युनिष्टहरु राष्ट्रघातीको रुपमा चिनिएका छन् । रुसमा साम्यवादको जन्म गरिबीको कारणबाट भएको थियो, राष्ट्रियताको कारणबाट होइन । राष्ट्रियता र गरिबी यी दुबै कारणबाट चीनमा साम्यवाद जन्मिएको थियो भने नेपालमा कम्युनिष्ट गरीबीको कारणबाट जन्मेका थिएन, राष्ट्रियताको कारणबाट जन्मिएको थियो । तर २०६२ सालपछि कम्युनिष्टहरुले राष्ट्रियतालाई बिर्सेर विदेशी दलालमा परिणत भए । ‘अति सर्वत्र वर्जयत्’ भनेको यही हो । नेपालमा राजनीतिक नेताहरुमा रहेको पदलोलुप लोभि सोचाई र यहाँका भाट बुद्धिजीवीहरुको कारणले नेपालको यो दुर्दशा भएको हो । २०६३ सालपछिका सत्तासीन कांग्रेस, एमाले, माओवादीहरुकै कारण नेपालमा अमर सहिदहरुको अपमान भएको छ । 

नेपाललाई चारवटा रोगले आक्रान्त बनाएको छ । १) क्यान्सर, २) करप्सन, ३) क्रिस्चियन र ४)२०६२ सालमा दिल्लीमा १२ बुँदे सहमतिमा संलग्न कम्युनिष्ट । यी रोगहरुबाट २०६३ सालपछि नेपाल ग्रसित छ । माओवादीले विदेशी र इसाईका गोटी बनेर कथित जनयुद्धको नाममा प्रहरी, सैनिक गरिब जनताको प्रयोजनहीन हत्या, जनधनको क्षति, राष्ट्रको भौतिक संरचना ध्वस्त गराउने, आगजनी गरेर वरवाद गरे । माओवादीहरुले जनयुद्धको नाममा जुन अपराध गरे र सत्तामा आएर पनि त्यसरी देशको तहसनहस गरे भने यिनीहरु माओवादीमा संलग्न भएकाहरु क्ति अपराधी रहेछन् भन्ने कुरा लुकाएर लुक्न सक्तैन । काग्रेस, एमाले पनि नेपाली राजनीतिक रंगमञ्चबाटै सदाको लागि बडारिन लागेको कुरा पनि यही हो । माओवादी नेता बाबुराम भट्टराईले अहिले माओवादी पार्टी छोडी भरङ्गिएर हिडेका छन् । तर जति नैं नाटक रचे पनि कसैले बिर्सन सक्तैन कि देश डुबाउन तल्लीन अपराधी बाबुराम भट्टराई नैं हुन् । उनी कसरी प्रधानमंत्री भए भन्ने कुरा हामीले बिसैनु हुन्न । २०६८ साल भलौं ११ गते भारतीय गुप्तचर संस्थाका आलोक जोशीको रोहवरमा देशद्रोही भ्रष्ट मधेसीहरु भेला गराएर प्रचण्डलाई चारबुँदे राष्ट्रघाती बुँदामा हस्ताक्षर गराएर उनी प्रधानमंत्री बने । प्रधानमंत्री बनेको १० दिन नपुग्दै नेपालको राष्ट्रिय पोसाक हटाए । उन्ले विक्रम संवत् र नेपाल संवत्को बिचमा झगढा गराएरु इस्वी संवत् लागु गर्न कसिएका थिए । चार अमर सहिदसँगै सहिद गेटमा राखिएका सहिदहरुका प्रेरक राजा त्रिभूवनको ऐतिहासिक शालीक हटाउन् निर्णय गरे । त्यसैले नेपालमा राष्ट्रिय एकता दिवस मनाउनु, सहिदहरुमाथि श्रद्धाञ्जिलि अर्पण गर्ने कुरा उनीहरुका लागि तपसीलका कुरा भएका छन् । 

नेपालको गौरवमय इतिहास कस्तो थियो भने चिनीया यात्री हुयानसाङले नेपालको भ्रमण गरेर आफ्नो यात्रा बृतान्तमा भनेका थिए– ‘नेपालको राज्य व्यवस्थाले छिमेकी राज्यहरुमा आफ्नो प्रभाव कायम राखेको थियो । लिच्छवि कुलोत्पन्न क्षेत्रीय राजा छन् जसलाई अनेक कुराको ज्ञान छ । यहाँ अंशुवर्मा नामका राजा थिए, यिनको प्रताप र प्रतिभाको कीर्ति टाढा–टाढासम्म विख्यात थियो ।’ यहीक्रमले लिच्छवि लगायत बाइसी, चौबिसी, मल्ल र शाह राजाहरुले  यसक्षेत्रको मौलिकता बचाएरै राखेका थिए । राजा महेन्द्र मल्लको समयमा तिब्बतमा नेपालको मोेहर (मुद्रा) चलाउने व्यवस्थाको संझौतालाई निरन्तरता दिएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले छिमेकी राज्यहरुसँग राम्रो संवन्ध कायम राखेका थिए । पृथ्वीनारायण शाहबाट तिब्बतमा अन्न,बस्र,सिक्का आदि निर्यात गरिन्थ्यो र सुन, नुन्, भेडा,च्यांग्रा आदि आयात गरिन्थ्यो । भोटबाट सस्तो भाउमा सुन ल्याउने र त्यो सुन भारतमा महंगोमा बिक्री गरी भारतबाटै सस्तोमा चाँदी खरिद गरी रुपैयाँ बनाई भोटमा निर्यात गरिन्थ्यो । इतिहासका कुटनीतिक पाठहरु सिक्दै विश्वब्यापीकरण गर्ने अवस्थामा नेपाल जस्तो प्राकृतिक र सांस्कृतिक वैभवबाटयुक्त राष्ट्र अहिले खतरामा छ । अभावग्रस्त छ, आफ्नै अस्तित्वको लडाईमा छ । नेपालमा २०७२ साल असोज ३ गते संविधान घोषणा भएता पनि अहिले नेपाल संविधानविहीन जस्तो अवस्थामा छ । 

‘नेपाल’ संसारका देशहरुमा धेरै पुरानो सार्वभौम हिन्दुस्थल हो । यसलाई तहसनहस गराउन २०६३ सालदेखि विदेशी गुप्तचर संस्थाको पारामा लागेर यही देशका पार्टीका देशद्रोही नेताहरुले घेराबन्दीमा पारेर यसको अस्तित्व नैं समाप्त गर्ने खेलमा लागेका छन् । यही परिस्थिति रहिरह्यो भने नेपाल बाँच्न सक्तैन । राष्ट्रिय राजनीतिको वैचारिक धरातलमा टेकेर राजनीतिक व्यवस्थालाई आफ्नो देशको हितमा संचालन गर्न नचाहनेहरु देशद्रोही हुन् । यिनीहरुले २०६३ सालदेखि नेपालका आधारभूत स्तम्भ तथा पहिचान नष्ट गरेर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आफ्रनो सिद्धान्त बनाएर देशको अस्तित्व नैं समाप्त पार्नमा लागेका छन् । नेपाली कांग्रेस बीपी कोइरालाको सिद्धान्तबाट अभिप्ररित प्रजातान्त्रिक रुपमा संगठीत पार्टी थियो । आज कांग्रेस विदेशी भरौटेको पार्टी बनेको छ । एमाले मनमाहन अधिकारी र मदन भण्डारीको वैचारिक धरालतमा उभिएर आएको पार्टी थियो । यी दई पार्टीहरुले २०४६ सालको जनआन्दोलनपछि संसदीय प्रजातन्त्र, मानवअधिकार, संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई अपरिवर्तनीय बुँदा अंगिकार गरेर सबै पक्षको सहमतिमा २०४७ सालको संविधानलाई राजाबाट घोषणा गराएर नेपाल विश्वमा ठूलो प्रतिष्ठा लिएर उभिएको थियो । तर कांग्रेस र एमालेले प्रजातान्त्रिक मूल्य र मान्यताको उपहास गरेर भ्रष्टाचार र कुशासनबाट नेपाली समाजलाई ग्रसित बनाएका छन् । माओवादी त जन्मदैको आतंककारी देशद्रोहीहरुको पार्टी थियो । २०७५ सालदेखि त माओवादी र एमाले त खाओवादी भइगयो । 

बहुदलीय व्यवस्था भित्रका राम्रा र नराम्रा कुराको विश्लेषण गरेर सही बाटो पहिल्याउनु पर्नेमा प्रजातन्त्रको नाममा जसरी भए पनि सत्तामा जाउँ–कमाऔं भन्ने कुरामा मात्र २०६३ सालपछिका सत्तासीनहरु क्ेन्द्रीत छन्, देशलाई जतिसक्दो लुट्नमा मात्र ब्यस्त छन् । बहुदलीय प्रजातन्त्रको लागि त्यत्रो आन्दोलन भयो । प्रजातन्त्र स्थापना भएपछि देशलाई लुटतन्त्रमा परिणत गराइयो । २०४८ सालमा गिरिजाप्रसाद प्रधानमंत्री बनेपछि देशभित्र ब्रम्हलुट मच्चाएर देश, प्रजातन्त्र र आफैलाई धोका दिए । नेपाली का्रग्रेसको प्रजातान्त्रिक छवि ध्वस्त बनाउँदै नेपाललाई अधोगतिको पराकाष्ठामा पु¥याउने कांग्रेसकै नेता गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरु नैं हुन् । गिरिजा मरेर गएपनि कांग्रेसले अझै उही गिरिजाको राष्ट्रघाती धरातलमा टेकेर हिडेको छ । त्यस्तै मदन भण्डारीको हत्यापछि एमालेले पनि हिजोको आतंककारीसँग मिलेर राष्ट्रघातकै बाटो लियो । एमालेलाई भारतीय षडयन्त्रमा फसाउनमा माधव नेपालको एक नम्बरको हात छ । उनी परराष्ट्रमंत्री बनाउन पनि प्रधानमंत्री मनमोहन अधिकारीलाई भारतको ठूला दबाब थियो भनिन्छ । परराष्ट्रमंत्रीपछि भारत भ्रमणको शिलशिलामा उनले ‘महाकाली संधी एक प्याकेज हो’ भने । पछि एमाले प्रतिपक्षमा रहेकोबेला महाकाली संधी गर्नमा माधव नेपाल र केपी ओली  यी दुबै सक्रिय थिए । त्योबेला प्रधानमंत्री शेरबहादुर देउवा, जलस्रोत मंत्री पशुपति शम्सेर थिए । शेरबहादुर र पशुपति शम्सेर यी दुबै दलाल रहेछन् भन्ने कुरा त्यसबेलामा राम्ररी थाहा भयो । बडो विवादास्पद तरिकाले महाकाली संधीलाई संसदबाट अनुमोदन गरियो । राजाकोमा लालमोहर लगाउन पठाइएन । यहीबेलादेखि नेपालको राष्ट्रियता संकटमा फस्न पुग्यो । 

कांगेस र एमालेले देशको लागि केही गर्छन् भन्ने जुन विश्वास नेपाली जनताले लिएका थिए त्यो सबै व्यर्थ भयो । यी दुबै पार्टी सिद्धान्तच्यूत अराष्ट्रिय पार्टीको रुपमा देखा परे । देशको उन्नतिको लागि एउटा माखो मारेनन् । देशका नाफामा भएका दर्जनौं उद्योगहरु निजीकरणको नाममा बेचे, महाकाली संधी गरे । कांग्रेस र एमालेको कुशासन र अत्याचारबाट देशभित्र माओवादी बिद्रोह जन्मियो । कांग्रेस र एमालेले आफै आतंककारी घोषित गरे । नेपाली कांग्रेसका संस्थागत नेता बीपी कोइराला, गणेशमान सिंह, कष्णप्रसाद भट्टराईको राष्ट्रवादी र प्रजातान्त्रिक बाटो नभत्काएर अर्थात २०६३ सालपछि गिरिजाप्रसादले नेतृत्व गरेको नेपाली कांग्रेस अगाडि बढेको भए नेपाली कांग्रेस नेपालको एक शक्तिशाली लोकप्रिय पार्टी बन्नसक्थ्यो । तर पद र पैसाको लोभमा परेर  गिरिजाप्रसाद कोइरालाले पार्टीलाई मात्र होइन देशलाई नैं धोका दिए । एमाले पार्टी मनमोहन अधिकारी र मदन भण्डारीको संयुक्त प्रयासबाट २०४७ सालमा बनेको थियो । यी दई नेताको विचारलाई मध्यनजर राखेर एमाले अगाडि बढ्न खोजेको भए एमाले पनि यसरी नाङ्गिएर गन्हाउने अवस्थामा आउँदैन थियो । त्योबेला माओवादी बिद्रोह राजा र राजसंस्थाको बिरोध केन्द्रीत थिएन । माओवादी बिद्रोह कांग्रेस र एमालेको अत्याचारको बिरुद्ध उठेको थियो । उनीहरु राजासँग सहकार्य गरेर आफ्नो मापदण्ड बनाउने सोचाइमा थिए । त्यसरी उनीहरुले पनि राष्ट्रवादी धार नछोडी भारतीय दलाल नबनेर अगाडि बढेको भए माओवादी नेपालको एक लोकप्रिय कम्युनिष्ट पार्टी ठह¥थ्थ्यो । तर माओवादी, कांग्रेस, एमाले सबै पार्टीका नेताहरु भारतीय गुप्तचर संस्थाको भरिया बनेर नेपालको अस्तित्व समाप्त गर्न लागेकाले यिनीहरु नेपालको राजनीतिक इतिहासका कलंक बन्न पुगे । 

देशको स्वाभिमान र प्रजातन्त्रको मर्म नबुझ्ने यस्ता अपराधीहरुलाई भारत, यूरोपका इसाई राष्ट र अमेरिकी गुप्तचर संस्था सीआएले संरक्षण दिएकाले नेपालको स्वाभिमान गिर्दो अवस्था छ । यो सबै नेपालका घर घरमा सार्वजनिक भइसकेकाले, अत्यचारको पराकाष्ठा ना३न लागेकाले अहिले यी सबै राष्ट्रघाती र भ्रष्टहरुको पर्दाफास हुँदैछ । यिनीहरु देशद्रोहको अभियोगमा कारवाहीमा पर्ने अवस्था नजिकै आउँदै छ । देश नरहेपछि २०६३ सालपछिका पाटपर््ीका गद्दार नेताहरु आफूहरु सुरक्षित रहन सकिन्छ भन्ने ठानेका होलान् । तर यसरी देश डुबाउन खोजेको टुलुटुलु हेरेर कुनै पनि नेपाली जनता बस्ने छैनन् । अव यो किटानकासाथ भन्न सकिन्छ कि अव २०६३ सालदेखि जो विदेशीको भरिया बनेर यो पूण्यभूमिलाई डुबाउन खोजे, यिनीहरुलाई चार अमर सहिदहरुको पनि श्राप लाग्नेछ । हामीलाई विश्वास छ– अमर सहिदहरुले जसरी प्रजातन्त्रको लागि आफूहरुलाई समाहीत गरे त्यसरी नैं अवको दिनमा नेपाली जनताले यिनै अमर सहिदहरुबाट पे्ररित बनेर नेपाल बचाउन चौतर्फी सशक्त बन्न सक्नु पर्छ । २०६२।६३ मा भारतबाट प्रायोजित आन्दोलनमा २०६३ सालपछिका सत्तासीन देशद्रोहीहरुले हुलमुूलमा मारिुएका, मरेकाहरुलाई सहीद घोषणा गरेर २०६३ सालपछिका भ्रष्टहरुले सहिद अमर सहिदहरुको अवमूल्यन गरेका छन् । सच्चा अमर सहिदको श्रद्धाञ्जलिमा २०६३ सालपछिका पार्टीका नेताहरु सबै कानमा तेल हालेर बसेका छन् । तर यसरी हुँदैन । देशलाई संचालन गर्न नीति, सिद्धान्तबीना हिडाउन सकिदैन । त्यसैले देशलाई सही बाटो दिन आन्दोलनहरु ह्ुन्छन् । तर देश डुबाउने, देशभित्रका निर्माता र सहिदहरुको अवमूल्यन गरिने हुँदैन । अतः अव तराई, पहाड, हिमालका हामी देशभक्त नेपालीहरुले नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित स् राजसंसथा र विश्वको एक मात्र हिन्दु अधिराज्लाई यथावत कायम गरेर अव राष्ट्रघाती नेताहरुको लहैमा नलागी हामी नेपालीहरु जो जहाँ भए पनि देशको अस्तित्व र पहिचान बचाउन अमर सहीदहरुको सम्मानगर्दै सहीदहरुको कुर्वानीलाई साकार बनाऔं ।