- खेतु के. सी. 

काठमाडौं - प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजीकैदै छ, मात्र केही दिन बाँकी छ तर सरकारले मतदाता शिक्षा सम्बन्धि कुनै कार्यक्रम सञ्चालन गरेको छैन । मतदाता शिक्षाको अभावमा हजारौं मत बदर भएको यथेष्ट प्रमाणहरु छन् । जानकारहरु, आम मतदाताहरु र राजनीतिक दलका नेतादेख् िमतदाता शिक्षा निकै नै महत्वपूर्ण रहेको बताउछन् । यति गम्भीर विषयमा न त राजनैतिक दलका उम्मेदवारहरुलाई चासो छ नत निर्वाचन आयोगलाई । यदि निर्वाचन आयोगले गाँउ–गाँउमा गएर कसरी भोट हाल्ने भन्ने कार्यक्रम लागू गर्न सक्यो भने हजारौै मत बदर हुने थिएन । यसैको फलश्वरुपका कारण जित्ने मान्छे हार्छ र हार्ने मान्छे जित्छ । 

स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको औपचारिकता मत्रै पुरा गरेको निर्वाचन आयोगले यसपटक पनि खासै प्रभावकारी ढंगबाट मतदाता शिक्षा सञ्चालन गर्ने कार्यक्रम अझै मतदाता समक्ष्य पु¥याएको छैन ।

जसले गर्दा मत बदर बढि मात्रामा हुने गर्दछ । तुलनात्मक रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भन्दा स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या बढी रहेको पाईन्छ । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरु बढी हने र गठबन्धन हुने भएका कारण हजारौ मत बदर भएको ज्वलन्त उदहारण छन् । 

निर्वाचन प्रचार प्रसारकै लागि उम्मेदवारहरु व्यस्त छन् नत उनीहरुसंग प्रयाप्त समय छ नत निर्वाचन आयोगलाई । यसबारेमा राजनैतिक दलका एक नेता भन्नु हुन्छ, हुनत मतदाता शिक्षा सकेसम्म दलहरुले दिनुपर्ने हो तर सरकारी स्तरबाट प्रभावकारी हुने भएकोले दलहरुले यसबारेमा चासो न दिएको हुन सक्छन् । तर आयोगलाई बजेट पर्याप्त छ, निर्वाचनकै लागि वजेट विनियोजन पनि गरीएको हुन्छ तर लागू कस्ले गर्ने ?