काठमाडौं - बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ। बजारको एक पसलबाट सुरु भएको आगो तीव्र रूपमा फैलिन थालेपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन्।

दमकल साधन उपलब्ध नभएकाले  स्थानीयवासीले प्रहरीको सहयोगमा धारो, बाल्टिन र उपलब्ध स्रोत-साधन प्रयोग गरी आगो निभाउने प्रयास जारी राखेका छन्। आगो लाग्ने कारणबारे भने अझै खुलाइएको छैन। आज दिउँसो करिब १२:२० बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।