काठमाडौं - झन्डै ७ करोड क्रिप्टो कारोबारमा संलग्न गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका १३ निवासी बानियाँलाई  क्रिप्टो र अनलाइन ठगी गरेको सूचनाको आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्रिप्टो कारोबारलाई नेपालमा अवैध मानिएको छ ।