काठमाडौं । नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षकमा बढुवा भएकान्केही दिन मै उपत्यका प्रहरी कमाज्ण्ड सम्हालेका छन ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गरेको थियो।
कार्तिक २८ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।यसअघिका एआईजी दान बहादुर कार्की आईजीपीमा नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।
यस अघि एआईजी दान बहादुर कार्किले सम्हाल्दै आएको
उपत्यका प्रहरी कार्यालयको कमाण्ड पनि एआइजी इश्वर कार्किले नै पाएका छ्न।
एआइजी दान बहादुर कार्की प्रहरी महानिरीक्षक बने पछि उक्त रिक्त एआईजी पदमा कार्की बढुवा भएका हुन् ।उनी यसअघि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।


0 comment