काठमाडौ:समाजसेवी तथा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन द्वारा लिखित आफ्नै जीवन अनुभवमा आधारित "संघर्षमय जीवन"नामक श्रब्य पुस्तक आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरियो। उक्त पुस्तकको लोकार्पण लेखक स्वम लोक बहादुर टण्डनले मोबाइलमा स्विच थिचेर गर्नु भएको थियो।

बिमोचित ४ घण्टा ४४ मिनेट लामो श्रब्य पुस्तकलाई आफ्नो सुमधुर स्वर दिएर तयार पार्ने काम भने इन्जिनियर सागर भुसालले गर्नु भएको छ।युग डिजिटल प्रबिधीमा प्रबेश गरिसकेको हुदा पुस्तक पढ्न समय नहुनेहरुलाइ  ब्यस्त समय को सदुपयोग गरि सुन्न सकिने कार्यक्रमका वक्ता इन्जिनियर सागर भुसालले बताउनु भयो।

लेखक लोक बहादुर टण्डनले आफुले जाने भोगेका सिकेका राम्रो कुराहरु आफू मर्दा सङ्गै लानु भन्दा सबैमा बाडेर जानू राम्रो हुने भएकाले आफ्नो जिवनको भोगाइ कसैको लागि प्रेरणाको श्रोत बनोस भन्ने हेतुले पुस्तकलाइ सार्वजनिक गरेको बताउनु भयो।
कार्यक्रमका वक्ता तोयनाथ पौडेलले लेखिएका अन्य पुस्तकहरुलाइ पनि यसरीनै श्रब्य पुस्तकको रुपमा प्रकाशन गर्दै जाने बताउनु भयो।