काठमाडौ:ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा न.१ ईमाडोल स्थित एक घरको कोठाको ताल्चा फुटाई मिति २०८२ कातिक १९ गते दिउसो  रु.२१ लाख ८३ हजार बराबरको सुनचाँदीको गरगहना लगयातको धनमाल चोरी भएको थियो। 

चोरीमा सलग्न ३ जनालाइ जिल्ला प्रहरी परिसर ललितपुरको टोलिले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा  जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नम्बर १ घर भई जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकावडा न.८ बस्ने बर्ष ४१ को दिनेश बिश्वकर्मा ।
 जिल्ला रामेछाप रामेछाप नगरपालिका वडा न.२ घर भई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकावडा न.८  बस्ने बर्ष ३२ को दिपक थापा मगर ।
जिल्ला रामेछाप दोरम्बा गाउपालिका वडा न.३ घर भई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकावडा न.८  बस्ने बर्ष ४० को तिर्थ बहादुर थापा मगर रहेका छन।

 घटना सम्बन्धमा अनुसन्धान गर्दै जादा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परीसर जावलाखेल, ललितपुरबाट खटीएको प्रहरी टोलीले चोरीमा संलग्न निम्न मानिसहरुलाई मिति २०८२कार्तिक २८ गते ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न.८ लुभुबाट पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको छ।

साथै उक्त घटनामा चोरीएका चाँदीका गहनाहरु सस्तोमा किन्ने जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका वडा न.४ घर भई लोकन्थली भक्तपुरमा सुनचाँदी पसल गरी बस्ने बर्ष ५८ को भिमे कामीलाई भक्तपुरबाट पक्राउ गरी निज उपर समेत अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटिले जानकारी दिनु भयो।