काठमाडौ : जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोलिले हत्या अभियोगमा एकजनालाइ कटुवा पेस्तोल सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर१ कोलगैरी ठकुरीडाडाँ बस्ने बर्ष ७५ को इमान सिंह थोकर रहेकाछन।

  सोहि ठाउ बस्ने बर्ष ६४ को ठुले गोलेलाई गोली प्रहार गरी हत्या गरेका थिए। गोलि प्रहार गरि हत्या भएको छ भन्ने खबर प्राप्त हुनासाथ यस जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले फरार रहेका इमान सिंह थोकरलाई खोजतलासको क्रममा ४ बजेको समयमा घटनास्थल भन्दा १ किलोमोटर पुर्व कोलगौरीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।

पक्राउ परेका थोकरको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड, खोका १ थान र १९० ग्राम गन पाउडर जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिएको थियो।

थोकर माथिआवश्यक कारबाही भईरहेको। सधै पुरानो रिसिइबीको कारणले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोजिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।